काठमाडौँमा १ हजार १७८ सहित उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित « Khabarhub

काठमाडौँमा १ हजार १७८ सहित उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्लामा १ हजार १७८ सहित काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ५३१ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८४ महिला र ६९४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । अर्को जिल्ला ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ३८ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले