प्रदेश ५ : नाराबाजीका बीच प्रदेश सभा बैठक जारी « Khabarhub

प्रदेश ५ : नाराबाजीका बीच प्रदेश सभा बैठक जारी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी रहेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका संसादलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरे । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका भए पनि बैठक चालु छ ।

विपक्षी सांसदहरूको चर्को नाराबाजीका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका थिए । मन्त्री केसीले नाराबाजीकै बीच चर्को स्वरमा प्रस्ताप पेश गरेका थिए ।

यसपछि सभामुखले सत्तारुढ सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिए । पाँच मिनेटको समय पाएका श्रेष्ठले राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन माग गरे । उनले कुन आधारमा दाङको भालुवाङलाई राजधानी बनाउनु परको हो भन्ने प्रष्ट हुनुपर्ने बताए । उनले दाङमा राजधानी बनाउने प्रस्तावको विरोध गरे ।

बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ४३ बजे

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६