प्रदेश ५ : नाराबाजीका बीच प्रदेश सभा बैठक जारी « Khabarhub

प्रदेश ५ : नाराबाजीका बीच प्रदेश सभा बैठक जारी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- विपक्षी दलले अवरोध गरेपछि स्थगित भएको प्रदेश ५ को प्रदेश सभा बैठक विरोध र नाराबाजीका बीच जारी रहेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलका संसादलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरे । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका भए पनि बैठक चालु छ ।

विपक्षी सांसदहरूको चर्को नाराबाजीका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका थिए । मन्त्री केसीले नाराबाजीकै बीच चर्को स्वरमा प्रस्ताप पेश गरेका थिए ।

यसपछि सभामुखले सत्तारुढ सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिए । पाँच मिनेटको समय पाएका श्रेष्ठले राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन माग गरे । उनले कुन आधारमा दाङको भालुवाङलाई राजधानी बनाउनु परको हो भन्ने प्रष्ट हुनुपर्ने बताए । उनले दाङमा राजधानी बनाउने प्रस्तावको विरोध गरे ।

बैठक अवरुद्ध भएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा राजधानी बनाउने प्रस्ताव पेश गरेपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । सत्तारुढ दलभित्रै पनि असन्तुष्टि चर्केको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ४३ बजे

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल