नेप्सेमा झिनो गिरावट « Khabarhub

नेप्सेमा झिनो गिरावट


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो ।

यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.१५, विकास बैंक २४.४९, जलविद्युत् २७.३९, अन्य १.२६ र सामूहिक लगानी कोष ०.०९ बिन्दुले बढेको छ ।

बैंकिङ ३.८६, व्यापार ७.१५, वित्त ४.३१, निर्जीबन बीमा ११५.१८, उत्पादन ५३.३३, लघुवित्त १०.८१ र जीवन बीमा ८१.३४ ले घटेको छ ।

कारोबारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८८७ को दरमा रु १४ करोड ९१ लाख बराबरको कारोबार भयो ।

यस्तै, अरुण काबेली पावर रु ११ करोड ७३ लाख ६३ हजार ५०७, अरुण भ्याली हाइड्रोपावर रु १० करोड ७० लाख ३० हजार, कुमारी बैंक रु नौ करोड ८९ लाख एक हजार ९९०, नेपाल बैंक लिमिटेड रु नौ करोड ८३ लाख १८ हजार ६२४, हिमालयन डिस्टिलरी रु नौ करोड पाँच लाख ३६ हजार ५०७ र अपि पावर कम्पनी रु आठ करोड तीन लाख सात हजार ९९७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोबारका आधारमा रैराङ हाइड्रोपावर र कामना सेवा विकास बैंकका लगानीकर्ताले समान रुपमा १०/१० प्रतिशतले कमाए ।

नेपाल फाइनान्स कम्पनी ९.२४, रिडी हाइड्रोपावर ७.६९, हिमाल दोलखा हाइड्रोपावर ७.६३, लुम्बिनी विकास बैंक ६.७० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३६ प्रतिशतले कमााए ।

त्यस्तै, प्रोगेसिभ फाइनान्स ७.१९, उन्नती सहयात्रा लघुवित्त ४, तारागाँउ रिजेन्सी होटल ३.८० र शिवम सिमेन्टका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ३९ बजे

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५