कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत: विश्वप्रकाश शर्मा « Khabarhub

कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत: विश्वप्रकाश शर्मा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश पाँचको राजधानी माग गर्दै प्रदेशसभाका कुर्सी भाँच्ने कार्यप्रति आपत्ति प्रकट गरेको छ ।

सोमबारको बुटवलमा भएको प्रदेशसभा बैठकमा कांग्रेसका केही सांसदले कुर्सी र टेबुल भाँचेका थिए । उक्त कार्यको विरोध गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिटफुट घटना भनेर ढाकछोप नगर्ने बताएका हुन् ।

‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाइको पद्धति हो, परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य  हाम्रै हो’,उनले भने, ‘अरुका गल्ती सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटफुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

उनले सांसदले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रतिक्रिया दिए ।

‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन’, शर्माले भने ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर