दश केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

दश केजी गाँजासहित तीन जना पक्राउ


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती – दश केजी गाँजासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लेवटबाट खटिएको टोलीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुवाहक म्याजिक चेक गर्दा त्यसमा सवार यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४६ वर्षीय वीरबहादुर घलान, मनहरी गाउँपालिका–५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० का २४ वर्षीय प्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले बोकेको झोलामा १० केजी दुई सय ८८ ग्राम गाँजा फेला परेको बताइएको छ । गाँजासहित पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बेवारिसे अवस्थामा रहेको २ सय २९ केजी गाँजा पनि प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ५७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने