मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली, पुनर्गठनमा सहमति जुट्न सकेन « Khabarhub

मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली, पुनर्गठनमा सहमति जुट्न सकेन


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो ।

उक्त छलफलमा दुवै अध्यक्षले आ–आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति हुन सकेन । तर, रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ ।

प्रचण्डले सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव अघि सारेका थिए । तर‌, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई फिर्ता बोलाउन नचाहेपछि सहमति जुट्न सकेको थिएन ।

स्रोतका अनुसार रिक्त रहेका स्थानमा भने मन्त्री थप्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ११ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश