वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा | Khabarhub Khabarhub

वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।

वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।

पत्रमा अस्पतालले दशैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।

साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ।

महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरूले बताएका छन्।

साथै, काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरूको गुनासो छ।

राजीनामा दिने १६ जना नै आकष्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन्।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ७ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र