गिजाबाट रगत आउने यस्तो छ कारण, यी हुन् निको पार्ने घरेलु उपाय « Khabarhub

गिजाबाट रगत आउने यस्तो छ कारण, यी हुन् निको पार्ने घरेलु उपाय


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् ।

दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ ।

गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर, यसको परिणाम निकै जटिल पनि हुने भएकाले सचेत हुन जरूरी छ ।

गिजालाई स्वस्थ राख्न र गिजाबाट रगत बग्न नदिन मुखको सफाइमा ध्यान दिने, नियमित रुपमा दाँत माझ्ने, अमिलो फल नियमित रुपमा खाने, दूधको नियमित भोजन, हरियो सागपातका साथै ल्वाङ, पदिना पनि गिजाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । सूर्ति सेवनले समेत गिजालाई खराब गर्ने भएकाले सुर्तिको सेवन त्याग्नुपर्छ ।

भिटामिन सी को कमीका कारण पनि गिजाबाट रगत बग्ने भएकाले भिटामिन सी पाइने अमिला फल जस्तै सुन्तला, कागती खानुपर्छ । त्यस्तै तरकारीमा ब्रोकाउली, बन्दागोभीको नियमित सेवन गर्नु आवश्यक छ ।

दूधमा प्रशस्तै क्याल्सियमका साथै अन्य पौष्टिक तत्व पाइने भएकाले दूध सेवन गिजाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

नियमित रुपमा ल्वाङ चपाउने बानीले पनि मुख तथा गिजालाई स्वस्थ राख्छ र यसले मुखको संक्रमण पनि रोक्दछ ।

तुलसीको पात दिनहुँ चपाउनुहोस् । यसले मुखको संक्रमणका साथै गिजाबाट हुने रक्तश्रावलाई कम गर्छ ।

ब्रस गरेपछि मनतातो नुनपानीले मुख कुल्ला गर्नाले पनि गिजाबाट हुने रक्तश्राव रोकिन्छ ।

ब्रस गरिसकेपछि हातका औलाले विस्तारै गिजालाई मालिस गर्नाले गिजा स्वस्थ हुन्छ र गिजामा रक्तप्रवाह पनि सन्तुलित हुन्छ । बोसोयुक्त तथा बढि गुलियो खानेकुरा कम खानुहोस् ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ५ : ४५ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा