गिजाबाट रगत आउने यस्तो छ कारण, यी हुन् निको पार्ने घरेलु उपाय « Khabarhub

गिजाबाट रगत आउने यस्तो छ कारण, यी हुन् निको पार्ने घरेलु उपाय


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् ।

दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ ।

गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर, यसको परिणाम निकै जटिल पनि हुने भएकाले सचेत हुन जरूरी छ ।

गिजालाई स्वस्थ राख्न र गिजाबाट रगत बग्न नदिन मुखको सफाइमा ध्यान दिने, नियमित रुपमा दाँत माझ्ने, अमिलो फल नियमित रुपमा खाने, दूधको नियमित भोजन, हरियो सागपातका साथै ल्वाङ, पदिना पनि गिजाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । सूर्ति सेवनले समेत गिजालाई खराब गर्ने भएकाले सुर्तिको सेवन त्याग्नुपर्छ ।

भिटामिन सी को कमीका कारण पनि गिजाबाट रगत बग्ने भएकाले भिटामिन सी पाइने अमिला फल जस्तै सुन्तला, कागती खानुपर्छ । त्यस्तै तरकारीमा ब्रोकाउली, बन्दागोभीको नियमित सेवन गर्नु आवश्यक छ ।

दूधमा प्रशस्तै क्याल्सियमका साथै अन्य पौष्टिक तत्व पाइने भएकाले दूध सेवन गिजाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।

नियमित रुपमा ल्वाङ चपाउने बानीले पनि मुख तथा गिजालाई स्वस्थ राख्छ र यसले मुखको संक्रमण पनि रोक्दछ ।

तुलसीको पात दिनहुँ चपाउनुहोस् । यसले मुखको संक्रमणका साथै गिजाबाट हुने रक्तश्रावलाई कम गर्छ ।

ब्रस गरेपछि मनतातो नुनपानीले मुख कुल्ला गर्नाले पनि गिजाबाट हुने रक्तश्राव रोकिन्छ ।

ब्रस गरिसकेपछि हातका औलाले विस्तारै गिजालाई मालिस गर्नाले गिजा स्वस्थ हुन्छ र गिजामा रक्तप्रवाह पनि सन्तुलित हुन्छ । बोसोयुक्त तथा बढि गुलियो खानेकुरा कम खानुहोस् ।– एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ४५ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,