गैँडाको माउ र बच्चा मृत फेला « Khabarhub

गैँडाको माउ र बच्चा मृत फेला


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।

निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए ।

मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताए ।

उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।

यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : १३ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको