तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर « Khabarhub

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । 

केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११५.५ लिटर उपलब्धता रहेको जानकारी दिए । 

त्यस्तै १४ केजी मासु आवश्यक पर्नेमा १४.२ केजी केजी मासु उपलब्धता छ । ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८१ गोटा अण्डा उपलब्धता रहेको ठकुरीले बताए। यो हिसाबले प्रति व्यक्तिका लागि दूधमा २४.५४ लिटर, मासुमा ०.२ केजी र अण्डामा ३३ गोटा बढी उत्पादन भइरहेको उनले बताए। 

माछामा भने ७ केजी आवश्यक पर्नेमा ०.२७ केजीमात्रै उपलब्धता छ । माछामा अझै ६.७ केजी अपुग रहेको ठकुरीले बताए। उनका अनुसार जिल्लामा ७८ हजार तीन सय नौ परिवार सङ्ख्या रहेकामा ४९ हजार छ सय ४० परिवार पशुपालनमा निर्भर रहेको छ । 

आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा ७६ हजार एक सय २१ मेट्रिक टन दूध उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा ७४ हजार सात सय ५१ मेट्रिक टन दूध उत्पादन भएको थियो । यो वर्ष एक हजार तीन सय ६९ मेट्रिक टन बढी दूध उत्पादन भएको छ । दूध उत्पादक कृषकलाई उत्पादनमा प्रोत्साहन दिने नीतिले कृषक पशुपालनतर्फ आकर्षित भएको ठकुरीको भनाइ छ । 

आर्थिक वर्ष २०८२-८३ मा चार हजार सात सय ८१ दशमलब ३ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा चार हजार नौ सय ९८ दशमलब १९ मेट्रिक टन मासु उत्पादन भएको थियो । मासुमा राँगा, भैसी, खसीबोका र सुङ्गुर बङ्गुरको उत्पादन घटेको छ भने कुखुराको उत्पादन बढेको ठकुरीले बताए। 

आर्थिक वर्ष २०८२-८३ मा एक सय ६४ मेट्रिक टन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा एक सय १३ मेट्रिक टन माछा उत्पादन भएको थियो ।  जिल्लामा गाई,  हाँस, खरायो पालनको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ४९ हजार सात सय ४२ गाईपालन गरिएकामा आर्थिक वर्ष २०८२-८३ मा गाईको सङ्ख्या ४९ हजार नौ सय १२ पुगेको छ । 

आर्थिक वर्ष २०८१-८२ मा भैँसी ५३ हजार तीन सय ८३ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा ५१ हजार दुई सय ३५, आर्थिक वर्ष २०८१-८२ मा बाख्रा तीन लाख ८८ हजार एक सय ७६ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा तीन लाख ७४ हजार सात सय ६५ रहेको छ । 

आर्थिक वर्ष २०८१-८२ मा कुखुरा नौ लाख ९८ हजार नौ सय ३६ रहेकामा आर्थिक वर्ष २०८२-८३ मा नौ लाख ९७ हजार सात सय ६५ पुगेको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : ५५ बजे

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव