कोरोना संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले जिते चुनाव « Khabarhub

कोरोना संक्रमणबाट मृत्यु भइसकेका उम्मेदवारले जिते चुनाव


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा जारी निर्वाचनको मतगणनाका क्रममा एक जना यस्ता उम्मेदवारले चुनाव जितेका छन् जसको अघिल्लो महिना कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका डेभिड अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाब जितेको एनबीसी न्यूजले जनाएको छ । उनको जितको मंगलबार घोषणा गरिएको थियो ।

उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार थिए । उनले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गरेका थिए ।

मंगलबार उनी दोस्रो पटक निर्वाचित भएका थिए । ८ औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका उनी चुनावपछि नतिजा घोषणा हुने समयमा भने जीवित रहेनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १ : ४६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति