भारतीय सेना प्रमुखले जङ्गी अड्डामा के के गरे ? (भिडियोसहित) « Khabarhub

भारतीय सेना प्रमुखले जङ्गी अड्डामा के के गरे ? (भिडियोसहित)


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज नेपाली सेनाको मुख्यालयको निरीक्षण गरेका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार नेपाल आएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भए ।

बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए । सो अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका छन् ।

त्यसपछि प्रधान सेनापति थापा र जनरल नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ ।

हेरौं भिडियो

छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा ब्रिफिङ गरिएको थियो ।

भेटघाट पश्चात् जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा उनले नेपाली सेनालाई विगतमा सम्पन्न Nepal-India Bilateral Consultative Group’s Meeting on Security Issues को निर्णय अनुसार, सहयोग स्वरुप दुइ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाका तर्फबाट सेनापति थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेका छन् ।

आज साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

 

तस्वीर : नेपाली सेना

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  २ : ४९ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले