अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित) « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमार्फत रिलिज गरिएको छ ।

ढेड वर्षअघि हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले समीक्षकको सकारात्मक प्रतिक्रिया नपाए पनि हलमा भने राम्रो व्यापार गर्न सफल भएको थियो । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ ।

झरना थापा निर्देशित यो फिल्ममा एक सुपरस्टारको कथा समेटिएको छ । फिल्ममा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।

यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेकी छिन् । फिल्ममा सुनील थापाको लगानी रहनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ०७ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण