पायल्सबाट बच्न के गर्ने ? « Khabarhub

पायल्सबाट बच्न के गर्ने ?


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मलद्धारसँग सम्बन्धित रोग हो, पायल्स । गलत जीवनशैली र गलत खानपानले गर्दा थुप्रैलाई आजकल पायल्सले सताउने गर्दछ । लोकलाजले धेरैले पायल्स बारे खुलेर कुरा गर्दैनन् ।

पायल्सको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।

आज हामी पायल्सबाट कसरी जोगिने भन्ने बारे चर्चा गर्नेछौ :

१. पायल्सको जड भनेको कब्जियत हो । कब्जियतमा दिसा गर्दा बल लगाउनुपर्छ जसले मलद्वारा वरिपरिको नशा फुटेर पायल्सको समस्या उब्जिन सक्छ । त्यसैले, दिसा गर्दा कहिल्यै पनि बल लगाउनु हुँदैन ।

२. बाथरुममा धेरै बेर बस्नु हुँदैन । ट्वाइलेट सिटमा लामो समय बस्दा पायल्समा समस्या हुन्छ । बस्नु परेमा खुट्टालाई थोरै उठाएर दिसा गर्न सजिलो बनाएर बस्नु पर्दछ ।

३. दिसा रोकेर बस्नु हुँदैन । समयमा ट्वाइलेट नगए वा धेरैबेर रोके कब्जियत हुन सक्छ ।

४. सन्तुलित आहारबाट पायल्सलाई रोक्न सकिन्छ । यसका लागि फलफुल, सागसब्जी, अन्न, पास्ता, गेडागुडी लगायतका फाइबरयुक्त खानेकुराको सेवन गर्नुपर्छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्दछ ।

५. पायल्सबाट बच्न कफीन तथा मदिराबाट टाढा रहनु पर्दछ । यसले आन्द्राको गतिविधिलाई प्रभावित पार्न सक्छ ।

६. नियमित व्यायामले समेत पायल्समा लाभ पुर्‍याउँछ । शारीरिक सक्रियताले कब्जियत रोक्न सहयोग गर्छ ।

पायल्सबाट पीडा भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । पायल्सका कारण लामो समय रक्तश्राव भएमा रक्तअल्पता हुने गर्छ ।

रक्तअल्पता भएमा शरीरका कोषिकामा अक्सिजन राम्ररी पुग्दैन, जसका कारण व्यक्तिलाई कमजोरी तथा थकान महसुस हुने गर्छ । त्यसैले यसलाई लजाएर लुकाउनुको सट्टा खुलेर चिकित्सकलाई देखाउनु पर्दछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ३० बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल