चर्पी पनि भान्सा जस्तै सफा बनाउन आवश्यक | Khabarhub Khabarhub

चर्पी पनि भान्सा जस्तै सफा बनाउन आवश्यक


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरु घर चिटिक्क पार्न, बैठक कोठा सजाउन, भान्सा आर्कषक देखाउन पछि पर्दैनन् । तर घरको मुख्य भाग मध्ये एक ट्वाइलेटको बिषयमा भने खासै चासो दिदैनन् ।

घरमा ट्वाइलेट जस्तो भएपनि धेरैलाई यसले फरक नपार्ने सोच छ । तर शारीरिक स्वास्थ्यका लागि भान्सा जतिकै ट्वाइलेट सफा हुन आवश्यक छ । ट्वाइलेट सफा भएन भने अनेकन रोग लाग्ने सम्भावना रहन्छ । आज हामी ट्वाइलेटको सफाइ र यहाँ गरिने गल्तीबारे चर्चा गर्नेछौ :

१. केही व्यक्ति ट्वाइलेटमा घण्टौ बिताउने गर्दछन् । जबकी ट्वाइलेटमा दश मिनेट भन्दा बढी समय बस्नाले पाइल्सको समस्या हुनसक्छ ।

२. ट्वाइलेटमा कैयौ व्याक्टेरिया हुन्छन्, जो ट्वाइलेटमा मोबाइल चलाउँदा त्यस मार्फत शरीरमा प्रवेश गर्छ । यसले पेट दुख्ने, संक्रमण हुने र फूड प्वाइजन हुन सक्छ ।

३. कब्जियतको समस्या भएमा मानिसहरु ट्वाइलेटमा धेरै बेर बस्छन् । जबकी लामो समय ट्याइलेटमा बस्नु स्वास्थयको लागि घातक हुनसक्छ ।

४. बाथरुम सफाईमा प्रायः व्लिचिङ्ग पाउडर तथा अन्य प्रोडक्ट्स प्रयोग गर्छन् । तर यस्ता प्रोडक्ट्समा केमिकल्स हुने गर्छ । जसले छाला पोल्ने, आँखा पोल्ने, सास फेर्न ग्राहो हुन्छ ।

५. ट्वाईलेट पेपर प्रयोग गर्दा जोडले गर्नु हुदैँन । ट्वाइलेट पेपर जोडले प्रयोग गर्दा स्किन एलर्जी, स्किन ¥यासेज लगायतका छाला सम्बन्धि विभिन्न समस्या निम्तने गर्छ । यसबाट बच्न बरु हल्का हातले सफा गर्नु उपयुक्त हुन्छ ।

६. ट्वाइलेट पेपर, टिस्यू, प्याड प्रयोगपछि त्यसलाई फ्लश गर्नु हुदैँन । यस्ता वस्तु फ्लश गर्दा बाथरुम जाम हुने, ड्रेनेज सिस्टम खराब हुन सक्छ ।

७. दिसा पिसाबपछि धेरैले त्यसलाई हेर्दैनन् । जबकी पाचन तन्त्र सही छ कि छैन भनेर जान्ने प्रभावकारी उपाय भनेकै मलको जाँच हो ।

८. बाथरुम प्रयोगपछि धेरैले कभर खुल्लै छोड्छन् । यो कैयौँ रोगको कारण बन्न सक्छ । त्यसैले प्रत्येक पटक बाथरुम प्रयोग गरेपछि सिटलाई ढक्कनले बन्द गर्न जरुरी छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : १३ बजे

पुँजीगत खर्च सोचजस्तो हुन सकेको छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न

बङ्गलादेशमा विद्युत् व्यापारबाट एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत्

संघीय अनुदान घट्दा खुम्चियो गण्डकीको बजेट

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख