कोरोना संक्रमणमुक्त भइन् अभिनेत्री ऋचा शर्मा « Khabarhub

कोरोना संक्रमणमुक्त भइन् अभिनेत्री ऋचा शर्मा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् ।

३ हप्ताअघि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । ऋचाले सामाजिक सञ्जलमार्फत आफू कोरोना भाइरसबाट संक्रमणमुक्त भएको बताएकी हुन् ।

‘कोरोनाको यस महामारी एक अटुट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सबैको दायित्व,’ ऋचाले लेखेकी छिन्, ‘भयावह अवस्थाबीच म पनि कोरोना संक्रमित हुन पुगेँ ।’

उनले विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य भएको र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व भएको बताएकी छिन् ।

पढेर या परेर जानिने भन्दै ऋचाले भनेकी छिन्, ‘यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु ।’

यसअघि मनोज गजुरेल, हरिवंश आचार्य दम्पत्ती लगायत अन्य सेलिब्रेटीमा पनि कोरोना संक्रमण देखिएको थियो । खासगरी काठमाडौंमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै