यी हुन् संसारकै महंगा उत्कृष्ट पाँच भवन « Khabarhub

यी हुन् संसारकै महंगा उत्कृष्ट पाँच भवन


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापीकरण भएसँगै संसार निकै सानो भइसकेको छ । अब संसारका एक छेउका बारेमा अर्को छेउमा तुरुन्तै थाहा हुने भइसकेको छ ।

संसारमा यस्ता सुन्दर चिज छन् कि, जसका बारेमा सबैले जान्न चाहेका हुन्छन् । यस्तै संसारमा महंगा भवनहरु पनि छन् ।

आज भने हामीले संसारका पाँच महंगा भवनहरुका बारेमा चर्चा गरेका छौं:

अबराज अल बैत

साउदी अरबको मक्कामा रहेको यो भवन १२० तला अग्लो छ । यो सुविधासम्पन्न होटलको निर्माण शुरु भएको ८ वर्षपछि सम्पन्न भएको थियो ।

यसको निर्माण सन् २००४ मा थालिएको थियो ।

विश्वको ध्यान तान्ने यो भवनको उचाइ ०१ मिटर अग्लो रहेको छ भने यसमा ४३ मिटर लामो घडी राखिएको छ । जुन घडीलाई विश्वकै अग्लो घडी मानिएको छ ।

उक्त घडीलाई पक्का रोयल क्लक नाम दिइएको छ ।

मरीना बे स्यान्डस

यो भवन सिंगापुरमा रहेको छ । पर्यटकको आकर्षक स्थलका रुपमा मानिएको यो भवनलाई महंगो रिसोर्टका रुपमा लिने गरिन्छ ।

यो भवनमा रेस्टुरेन्ट, होटल, थिएटर, प्रदर्शनी सेन्टर लगायत मनोरञ्जन स्थल छन् ।

५.५ बिलियन डलरमा निर्माण भएको यो भवनमा ५ तला छन् भने भवन २०० मिटर अग्लो छ ।

रिसोर्ट वर्ल्ड सिन्टोसा

यो भवन पनि सिंगापुरमै रहेको छ । यसको निर्माण ४.९३ बिलियन डलरमा भएका हो । ५० हेक्टर क्षेत्रफलमा फैलिएको यो भवनमा विश्वकै सबैभन्दा महंगो क्यासिनोहरुमा तेस्रो नम्बरमा पर्ने क्यासिनो छ ।

इमिरेट्स प्यालेस

युएईको आबुधाबीमा रहेको यो भवन ६० मिटर अग्लो छ । ब्रिटिस आर्किटेक्सको डिजाइनमा तयार पारिएको यो भवनमा३.९० बिलियन डलर लगानी लागेको थियो ।

कोस्मोपोलिटन

यो भवन अमेरिकाको लस भेगासमा रहेको छ । ५२ तला रहेको उत्तः भवन ३९ बिलियन डलरमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ०० बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने