१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ « Khabarhub

१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुस रकमसहित विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौं तहका इन्जिनियर जैसवाललाई

आयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले रु १० लाख रकम मागेका थिए ।

घुस मागेको रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ५२ बजे

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा