हार्ने अवस्थामा पुगेपछि ट्रम्पले लेखे : ‘स्टप द काउन्ट !’ « Khabarhub

हार्ने अवस्थामा पुगेपछि ट्रम्पले लेखे : ‘स्टप द काउन्ट !’


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो कार्यकाल राष्ट्रपति बन्‍ने सपना करिब तुहिने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न भनेका छन्।

विहीबार साँझ ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले मत गणना स्थगित आग्रह गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन् : ‘स्टप द काउन्ट !’

पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् ।

मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि रहेका छन् । ट्रम्पलाई बहुमतका लागि ५६ भोटको आवश्यकता छ ।

कुन राज्यमा भइरहेको छ काउन्टिङ ?

पेन्सिलभेनिया (२०) – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना (१५) – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया (१६) – डोनाल्ड ट्रम्प अगाडि
अलास्का (३) – डोनाल्ड ट्रम्प अगाडि
नेवादा(६)- जो – बाइडेन अगाडि

अहिलेको स्थिति जितमा परिणत हुँदा ट्रम्पको पक्षमा ५४ इलेक्टोरल भोट जोडिनेछ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिने अवस्था छ ।

बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनको लागि अहिले अग्रता भएका सबै ठाउँमा जित हासिल गर्नुका साथै बाइडेनले अग्रता लिएको नेवादामा पनि जित हासिल गर्नुपर्ने देखिन्छ ।

ट्रम्पले ट्वीटरमा लेखेका छन-

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : १० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको