अब विधानसभा निर्वाचन नलड्ने विहारका मुख्यमन्त्रीको घोषणा « Khabarhub

अब विधानसभा निर्वाचन नलड्ने विहारका मुख्यमन्त्रीको घोषणा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना- भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफू विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् ।

निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।

चुनावी सभामा उनले भने, “आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुदैछ, मलाई तपाइहरुले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।”

उनले यसअघि गत बुधबार अत्पसङ्ख्यक समुदायलाई एउटा कार्यक्रममा सम्वोधन गर्दै आफुले उनीहरुका लागि धेरै कामहरु गरेको बताए । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरुको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराएका थिए ।

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : २० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब