प्रजातन्त्र र स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा- अमेरिकी गुप्तर प्रमुख « Khabarhub

प्रजातन्त्र र स्वतन्त्रताका लागि चीन सबैभन्दा ठूलो खतरा- अमेरिकी गुप्तर प्रमुख


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी गुप्तचर प्रमुख जोन र्‍याटक्लिफले चीन ‘प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाएका छन् ।

द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको उनले बताए ।

प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको र्‍याटक्लिफले बताउँदै उनले भने,’ अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको छ ।’

अमेरिकाले जस्तै अरू देशले पनि चीनबाट चुनौती खेप्नुपरेको उनको भनाइ छ।

‘विश्व वरीयतामा आफू सबैभन्दा माथि हुन चीन चाहन्छ, त्यसका लागि उ विश्वभर नै स्वतन्त्रताको गतिलाई उल्टाउन चाहन्छ,’ उनले भने ।

बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र ‘आर्थिक, सैनिक तथा प्राविधिक रूपले’ विश्वमाथि नै हावी हुन अघि बढिरहेको र्‍याटक्लिफले बताएका छन्।

चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन्।

चीनले अमेरिकाको पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : १५ बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका