आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी « Khabarhub

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

त्यसअवसरमा अर्थमन्त्री डा. वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

विवादित अडियो प्रकरण : सांसद सुनारले रास्वपा अनुशासन आयोगलाई बुझाए लिखित जवाफ

एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।

आयोगले सोधपुछका क्रममा माग गरेबमोजिम सुनारले आफ्नो लिखित प्रतिक्रिया पेस गरेको आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए। यद्यपि, सुनारले पेस गरेको जवाफमा के(कस्ता विषय उल्लेख छन् भन्नेबारे आयोगले खुलाउन चाहेको छैन।

आयोगले सोही विषयमा थप अध्ययन तथा छानबिन गर्न उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। समितिले रायसहितको प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको छ।

सुनारले पठाएको जवाफबाट चित्त नबुझे वा थप प्रमाण आवश्यक देखिए अनुसन्धानको अर्को चरण सुरु हुने भट्टराईले सुनाए ।

छानबिन समितिको पहिलो बैठकले सार्वजनिक भएका अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको छ। समितिले अडियो सम्पादन हुनुअघिको प्रति उपलब्ध गराइदिन सम्बन्धित सञ्चारमाध्यमहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली

इम्युनोसप्रेसेन्ट औषधिको बिक्रीवितरणमा रोक छैन :  विभाग

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड पुगेको देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा विप्रेषण आप्रवाह २२१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३८४ अर्ब ८८ करोड रहेको थियो ।

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले भवनमै बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

बर्लिनस्थित भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उत्तरी राइन–वेस्टफालिया राज्यको बोचममा भएको आगलागीमा तीन भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको हो ।

मृतक तीनै जना जर्मनीमा अध्ययनरत थिए । प्रहरीका अनुसार मृत्यु हुनेमा २५ र २७ वर्षका दुई महिला तथा २६ वर्षीय एक पुरुष छन् ।

भारतीय दूतावासका अनुसार बर्लिनस्थित दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावास स्थानीय अधिकारी तथा मृतकका परिवारसँग सम्पर्कमा छन् । उनीहरूले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन् । दूतावासले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

अमेरिकी मध्यावधि चुनावबाट ट्रम्प थप बलियो बन्ने मिलेईको आशा















प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ८ : ०९ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.