महादेवको निराकार लिङ्गको रुपमा नै किन पूजा हुन्छ ? « Khabarhub

महादेवको निराकार लिङ्गको रुपमा नै किन पूजा हुन्छ ?


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आदि र अन्तका देवता भनेर चिनिने भगवान शिवको न त कुनै स्वरुप छ न आकार । उनलाई साक्षात निराकार मान्ने गरिन्छ ।

आदि र अन्त नभएको कारण नै भगवान शिलाई निराकारुप मान्ने गरिन्छ ।साथै उनको साकार रुपमा शंकरको रुपमा उनलाई पूजा गरिन्छ ।

किन भगवान शिवलाई यहि रुपमा पूजा गरिन्छ ?

यो प्रश्न तपाईंको मनमा पक्कै उठेको होला ।कि, किन भगवान शिवलाई निराकार लिङ्गको रुपमा पुजा गरिन्छ ।

लिङ्गको रुपमा पूजा गर्दा सारा व्रह्माण्डको पूजा हुन्छ । किनभने संसारको मूल कारण नै महादेवलाई मान्ने गरिन्छ ।

त्यति मात्रै होइन, भगवान शिवको मूर्ति तथा लिङ्ग दुबै रुपमा नै मानिसहरु अत्याधिक श्रद्धा र विश्वासका साथ पूजा गर्दछन् ।

शिवको अर्थ परम कल्याणकारी भन्ने हुन्छ । र लिङ्गको अर्थ हुन्छ, श्रृजन ।यसैबाट शिवको स्वरुप अवगत भएर शिवलिङ्गको अर्थ प्रमाण भन्ने हुन्छ ।

के छ वेदमा ?

तपाईंलाई जानकारी गराऔँ कि, वेद र वेदान्तमा लिङ्ग शब्द सुक्ष्म शरीरको लागि उपयोगमा आउँछ ।

यो सुक्ष्म शरीर १७ तत्वबाट बनेको हुन्छ । त्यो तत्व हो, मन, वुद्धि, पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र पाँच वायु ।

दोश्रोतर्फ वायु पुराणलाई मान्ने हो भने प्रलयकालको बेला जब सारा श्रृष्टि लीन हुन लागेको बेला र फेरी श्रृष्टिकालमा प्रकट हुने बेलालाई लिङ्ग भन्ने गरिन्छ ।

पौराणिक कथा

समुन्द्र मन्थका बेला निस्किएको विषबाट सारा विश्व ध्वस्त हुन लागेपछि भगवान शिवले सबै विष पान गरेका थिए ।

त्यसैकारणले उनको नाम नीलकण्ठ भएको थियो । त्यस्तै महादेवले पान गरेको विषले उनको शरीरमा तापक्रम बढ्दै गएको थियो ।

त्यहि तापक्रम कम गर्नको लागि शिवलिङ्गमा जल चढाइने गरिन्छ । उक्त परम्परा आज पनि जारी नै रहेको छ ।

शिवमहापुराणका अनुसार

जब संसारका कर्ता धर्ता विष्णुले श्रृष्टिका रचयिता व्रह्मासँग मिलेर भगवान शिवसँग प्रश्न गर्दछन्, तपाई कसरी खुशी हुनुहुन्छ रु तयसको उत्तरमा शिवले भन्छन्, यदि मलाई खुशी बनाउन चाहानेले शिवलिङ्गको पूजा अवश्य गर्नुहोस् ।

त्यति मात्रै होइन,कुनै पनि प्रकारको समस्या नओओस् भन्नेले जल चढाएर शिवलिङ्गको पूजा गरेमा कुनै पनि समस्याले सताउने छैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग