अस्पताल सफाइ अभियान « Khabarhub

अस्पताल सफाइ अभियान


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पताललाई सुन्दर र सफा बनाई राख्न साप्ताहिक रुपमा सरसफाइ अभियान शुरु गरिएको छ । यहाँका युवा तथा सामाजिक अभियन्ताहरुले हरेक शनिबार अस्पताल सफाइको अभियान शुरु गरेका हुन् ।

अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आज अस्पताल परिसर सरसफाइ गरिएको छ । भरतपुर महानगरपालिकाको युवा सञ्जालको अगुवाइमा हरेक शनिबार बिहान ७ बजे अस्पतालमा सरसफाइ अभियान गरिने जानकारी दिइएको छ । अभियानमा ‘भरतपुर अस्पतालका साथीहरु’ नामक संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने भएका छन् ।

अभियानमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारी, समितिका सदस्य केशव देवकोटा, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमख महेन्द्र पौड्याल, युवा सञ्जाल संयोजक सन्देश वाग्लेलगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष अधिकारीले अभियन्ताहरुलाई धन्यवाद व्यक्त गर्दै हरेक अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरे । भरतपुर अस्पतालमा दैनिक करिब एक हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १२ : ४५ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका