मापदण्डविपरीतका औषधि पसल बन्द | Khabarhub Khabarhub

मापदण्डविपरीतका औषधि पसल बन्द


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- औषधि व्यवस्था विभागको वीरगञ्ज कार्यालयले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेका आधा दर्जन क्लिनिक तथा औषधि पसल बन्द गराएको छ ।

कार्यालयका अनुसार बाराको गढीमाई नगरपालिकाको वरियारपुर बजारमा गरिएको बजार अनुगमनमा मापदण्डविपरीत सञ्चालनमा रहेका प्राथमिक स्वास्थ्य क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाहा भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा, तथा ठाकुर सर्जिकल औषधि पसल बन्द गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयका निमित कार्यालय प्रमुख  भाग्यनारायण सिंहले जानकारी दिए ।

कतिपयले नेपालमा प्रतिबन्धित औषधि राखेर बिक्री गरेको पाइएको, म्याद सकिएका औषधि बिक्रीका लागि राखेको र औषधि व्यवस्था विभागमा पसल दर्तासमेत नभएको अनुगमनका क्रममा फेला परेको सिंहले बताए ।

कारवाही प्रक्रिया पूरा नभएसम्म कारोवार नगर्न आदेश गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ३५ बजे

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र