काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३५७ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३१२ जना आईसीयूमा र ४५ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आईसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ।
त्यहाँ मात्र १ सय १२ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यसैगरी प्रदेश १ मा ३० जना आईसीयूमा र ६ जनाकव भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा १० जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, गण्डकी प्रदेशमा ८० आईसीयूमा र ७ जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया