गण्डकीमा थप तीन कोरोना संक्रमितको मृत्यु  « Khabarhub

गण्डकीमा थप तीन कोरोना संक्रमितको मृत्यु 


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ११९ जना सङ्क्रमित थपिएका छन् ।

मृत्यु हुनेमा पोेखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष, पोखरा–११ का ७२ वर्षीया महिला र पोखरा–१२ का ८० वर्षीय पुरुष छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४० छ भने सात हजार २९२ निको भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको