देउवालाई दबाब दिन सानेपामा असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला | Khabarhub Khabarhub

देउवालाई दबाब दिन सानेपामा असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको भेला आज विहान ११ बजे पार्टी कार्यालय सानेपामा हुन लागेको हो ।

सभापति देउवाले बहुमतका आधारमा निर्णयहरु गर्दै अघि बढेको र आफ्ना मागहरुको वेवस्ता गरेको भन्दै असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

सभापति देउवाले वरिष्ठ नेता पौडेल, अर्का नेता सिटौला, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्ष अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका सार्वजनिक, पदावधि थप, विधानका दफाहरुको निलम्बन, विभागको संख्या थप, तरुण दलको म्याद थप लगायतका निर्णय गरेपछि कांग्रेसमा विवाद थप चर्किएको छ ।

पुस ११ गतेको बैठकबाट गरिएका निर्णयहरु फिर्ता लिन असन्तुष्ट पक्षले संस्थापन पक्षलाई चेतावनीसमेत दिएको छ ।

संस्थापन पक्षलाई चुनौती दिनका लागि असन्तुष्ट पक्षले आज गर्न लागेको जिल्ला सभापतिहरुको भेलामा ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु सहभागी हुने दाबी पौडेल पक्षले गरेको छ । यो भेलामा सिटौला पक्षका जिल्लासभापतिहरुको पनि उपस्थिति रहने पौडल पक्षको अपेक्षा रहेको छ ।

असन्तुष्ट पक्षका नेता दीपक गिरीले ७७ मध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरु भेलामा सहभागी हुने दाबी गरे ।

‘७७ जिल्लामध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरुले सहभागीताका लागि हस्ताक्षर गर्नुभएको छ,’ उनले भने,‘भेला पार्टी कार्यालय सानेपामा हुनेछ ।’ देउवापक्ष प्रदेश नम्बर दुईमा मात्र बलियो देखिएको आकलन असन्तुष्ट पक्षले गरेको छ ।

पौडेल पक्षले जिल्ला सभापतिहरुको भेलापछि सभापति देउवा थप दबाबमा पर्ने आकलन गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ९ : ११ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक