काठमाडौंमा ओपो फोनको दोस्रो सेवा केन्द्र सञ्चालनमा « Khabarhub

काठमाडौंमा ओपो फोनको दोस्रो सेवा केन्द्र सञ्चालनमा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबायल उत्पादक कम्पनी ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्नो सेवामा  थप उत्कृष्टता प्रदान गर्न तथा उपभोक्तालाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि नयाँ कस्टमर सर्भिस सेन्टर ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौंका सीटीसी मलमा आफ्नो दोस्रो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्रले नेपाली बजारमा बिक्री गरिएका ओपो फाेनका लागि बिक्री पछिको सेवा उपलब्ध गराउने छ ।

सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ (ए) मा अवस्थित नयाँ सेवा केन्द्रले हप्ताको ६ दिन आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत बिक्री पछिको सेवा उपलब्ध गराउने छ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोलफ्री नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइलसम्बन्धी आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधानका लागि उक्त टोलफ्री नम्बरमा सम्पर्क गर्न सकिने छ ।

साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि सेवा केन्द्रको मोबाइल नम्बर ९८०८१३०४१७ र ९८५१२१०६२३ मा पनि सम्पर्क गर्न सक्नेछन् ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादनमार्फत पूर्ण रुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने  गर्छौं । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्रमार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १२ : २२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया