बराबरीमै सीमित भए जावलाखेल र एनआरटी « Khabarhub

बराबरीमै सीमित भए जावलाखेल र एनआरटी


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र न्यु रोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको जावलाखेलले गोलरहित बराबरीमा खेल्दा  १ अंकमै चित्त बझाउनु पर्‍यो ।

‘हामीले ३ अंकका लागि प्रतिस्पर्धा गरेका थियौं । गोल नहुँदा १ मा चित्त बझाउनु पर्यो ,´ जावलाखेलका प्रशिक्षक नरेश थापाले भने, ‘जीत हात पार्न सकेको भए केही घण्टाका लागि भए पनि शीर्ष स्थानमा हुँन्थ्यौं । त्यो क्लबलका लागि पनि राम्रो हुन्थ्यो ।´

बराबरी खेलेको जावलाखेल ९ अंकसहित चौथो स्थानमा रहेको छ । तर, जीत हात पार्न सकेको भए शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा २ अंकले अगाडि हुन्थ्यो । मनाङको ४ खेलबाट ९ अंक रहेको छ।

यता, एनआरटीका प्रशिक्षकले खेलाडीको प्रदर्शनमा सन्तुष्ट हुन नसकेको बताए । ‘आजको खेलमा जीत हात पार्नु पर्ने थियो, तर बराबरी भयो ।  यो खेलमा सन्तुष्ट हुन सकिने छैन ।’

बराबरी खेलेको एनआरटी लिगको ८ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५२ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका