ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी « Khabarhub

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने धम्की दिएपछि इरानको सैन्य र सुरक्षा अधिकारीहरूले त्यसको कडा प्रतिवाद गरेका छन् ।

इरानको राष्ट्रिय रक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै इरानी तटीय क्षेत्र वा टापुहरूमा आक्रमणको कुनै पनि प्रयास भएमा फारसको खाडीका सबै सञ्चार र पारवहन मार्गहरूमा समुद्री धराप बिछ्याउने चेतावनी दिएको छ ।

परिषद्का अनुसार अब सो जलक्षेत्रबाट यात्रा गर्ने एक मात्र विकल्प भनेको युद्धमा संलग्न नभएका देशहरूले इरानसँग समन्वय गर्नु नै हो ।

राष्ट्रपति ट्रम्पले अहिले इरानको खार्ग टापु कब्जा गर्ने विषयमा छलफल गरिरहेका छन् । इरानको तटबाट करिब १५ माइल टाढा खाडीको उत्तरी भागमा अवस्थित यो टापु रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ ।

इरानको कुल तेल निर्यातको ९० प्रतिशत हिस्सा ओगट्ने भण्डारण ट्याङ्की र पम्पिङ सुविधाहरू यही टापुमा रहेका छन्।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : ५३ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम