फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल « Khabarhub

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा भन्दा बढी सकारात्मक रुपमा देखाउन अनुरोध गरेका छन् । फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् ।

नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।

उनले हलिउड फिल्म उद्योगले प्रहरीलाई सकारात्मक देखाएको तर नेपालमा भने धेरैजसो फिल्ममा प्रहरी भन्नबित्तिकै नकारात्मक चरित्रमा देखाइने गरेको टिप्पणी गरे । ‘हलिउडमा प्रहरी भनेपछि सकारात्मक रुपमा देखाइने गरेको पाइन्छ, बलिउडमा पनि त्यसरी नै देखाइएको हुन्छ तर नेपालमा प्रहरी भन्नेबित्तिकै नकारात्मकतालाई बढी जोड दिइएको पाइन्छ,’ खनालले भने ।

कलाकारिता क्षेत्र समाज परिवर्तनको सशक्त माध्यम भएको र समसामयिक विषयमा प्रहरीलाई प्रस्तुत गर्दा त्यसरी नै गर्नुपर्ने उनको धारणा थियो । ‘समसामयिक विषयबारे नेपाल प्रहरीप्रति आलोचनात्मक चेत पनि हुनैपर्छ । तर राम्रा विषयवस्तुहरु पनि समेट्नुपर्छ,’ प्रहरी महानिरीक्षक खनालले भने ।

आईजीपी खनालले ‘समुदाय प्रहरी साझेदारी’ जनताको सहकार्यमा अगाडि बढ्ने बताउँदै अगाडि थपे, ‘सम्पूर्ण नागरिकलाई कलाकारितामार्फत प्रहरी हाम्रै हो भन्ने बुझाइ सम्प्रेषण गरिदिन पनि अनुरोध गर्छु ।’

खनालले फिल्ममार्फत दिएको सन्देशले समाजमा धेरै प्रभाव पार्ने धारणा राखे । साथै उनले कलाकार तथा प्राविधिकलाई शूटिङका बेला आवश्यक पर्ने प्रहरीको सहायता र सुरक्षाको प्रबन्धमा पनि सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ०७ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस