१ अर्ब ८० करोड रुपैयाँ बराबरको ‘म्युचुअल फण्ड’ आउँदै « Khabarhub

१ अर्ब ८० करोड रुपैयाँ बराबरको ‘म्युचुअल फण्ड’ आउँदै


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला २ सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवर्द्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल १ अर्ब ८० करोड रुपैयाँ बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना १ अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।

यस्तै लक्ष्मी बैंकले प्रवर्द्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना ८० करोड बराबरको छ । योजनामा कूल ८ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ ।

छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ४३ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग