प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन: राजेश हमाल « Khabarhub

प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन: राजेश हमाल


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकबाट महानायकको उपाधि पाएका राजेश हमालले नेपाली फिल्म क्षेत्रमा ३ दशक बिताइसकेका छन् । उनी अहिले पनि उत्तिकै क्रियाशील छ यो क्षेत्रमा ।

यतिबेला हमाल फिल्ममा अभिनय गर्नबाट हच्किएका छन् । किनकि, पछिल्लो समय उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् ।

कुनै जमानामा एकपछि अर्को गर्दै सुपरहिट फिल्म दिएका हमालले केही असफल भएपछि फिल्मका काम गरेका छैनन् । तर हमाल फिल्मका कार्यक्रम, विज्ञापन र टेलिभिजनमार्फत दर्शकमाझ छाइरहन्छन् ।

शनिवार राजधानीमा भएको कामना अवार्ड समारोहमा पुगेका हमाल आज (सोमबार) अर्को अवार्ड समारोहको घोषणा कार्यक्रममा पुगे ।

नेपाल चलचित्र प्राविधिक संघले हरेक वर्ष आयोजना गर्ने ‘नेफ्टा अवार्ड’ को दशौं संस्करण घोषणामा पुगेका हमालले प्राविधिकविना चलचित्र निर्माण सम्भव नभएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन ।’

महानायक हमालले पर्दापछाडि रहेर काम गर्ने प्राविधिकलाई सधै कदर गर्नुपर्ने बताए । उनले आफ्नो करिअरका शरुवाती दिनदेखि नै प्राविधिकसँग हातेमालो गर्दै आएको पनि सुनाए ।

‘यत्तिका लामो चलचित्र मैले यात्रा तय गरेँ, यो यात्रा प्राविधिक, स्पट ब्यायदेखि सबैका कारण सम्भव भएको हो, यहाँसम्म आउन सबैको साथ मिलेको छ,’ हमालले भने ।

आजभोलि हमाल सार्वजनिक कार्यक्रममा बाक्लै देखिन थालेका छन् । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा समेत सरिक भएका हमालका हातमा कुनै फिल्म छैनन् ।

यसअघि हमालले सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ मा काम गर्ने चर्चा थियो । पछि हमालले समय नभएको भन्दै काम गर्न इन्कार गरेका थिए । हमालका प्रशंसकले भने उनको फिल्मको प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ५९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र