३ महिना यताकै उच्च बिन्दुमा पुग्यो शेयर बजार | Khabarhub Khabarhub

३ महिना यताकै उच्च बिन्दुमा पुग्यो शेयर बजार


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १८‍.२६ अंकले बढेर १२००.६९ को विन्दुमा पुगेको छ ।

गत भदौ १० गते १२०९.६२ को विन्दुमा रहेको नेप्से परिसूचकले त्यसयता सोमबार पहिलोपटक १२०० को विन्दु छोएको हो ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर २६० विन्दुमा पुगेको छ ।

सोमबारको शेयर बजारमा काराेबारमा समेत उल्लेख्य सुधार आएको छ । सोमबार कूल १७८ कम्पनीको ८४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन ८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टको ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार ट्रेडिङ (व्यापार) बाहेक सबै उपसमूहका सूचकहरु उकालाे लागेका छन् । माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने १२.२६ अंकले ओरालो लागेको छ ।

सोमबार वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । संस्थाको शेयर मूल्य प्रतिकित्ता ७४२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ३० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको