रंगशालामा मनाङ र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच झडप « Khabarhub

रंगशालामा मनाङ र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच झडप



काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगका २ टोली मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबका खेलाडीबीच रंगशालामै झडप भएको छ ।

सोमबार एक–अर्काविरुद्धको खेलका लागि मैदान उत्रिएका दुवै टोलीका खेलाडीबीच खेल सकिनै लाग्दा झडप भएको हो ।

दुवै टोलीका खेलाडीबीच झडप भएपछि रंगशालामा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रुम भित्र ल्याएको छ ।

अहिले नेपाल फुटबल संघको समन्वयमा दुवै टोलीका खेलाडीबीच विवाद मिलाउने काम भइरहेको छ ।

खेलाडीबीच झडपको स्थिति सिर्जना हुँदा दुवै क्लबका पदाधिकारी समेत हातपातमा उत्रिएका थिए ।

ए डिभिजन लिगको उपाधी दाबेदार मानिएका मनाङ र मच्छिन्द्रबीचको सोमबारको खेल भने २–२ को बराबरीमा सकिएको छ ।

दुवै टोलीले खेलको निर्धारित समयसम्म २–२ गोल गर्न सके ।

मनाङका लागि फेमी जोसुवा र विमल रानाले १–१ गोल गरे भने मच्छिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले १–१ गोल गरे ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका