साढे १३ लाख नगद र ८० लाखको चेकसहित काठमाडौंबाट ४ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

साढे १३ लाख नगद र ८० लाखको चेकसहित काठमाडौंबाट ४ जना हुण्डी कारोबारी पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुण्डी कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौंको न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र हुण्डी कारोबार गर्ने गिरोह नै सक्रिय रहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ इन्द्रचोक बस्ने ४० वर्षीय गोपाल अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३१ वर्षी भोला नेपाल, काठमाडौंको ताहचल घर भएका ३९ वर्षीय कमल अग्रवाल र सुनसरीको धरान भर भएका ५३ वर्षीय नारायण कुमार अग्रवाल छन् ।

प्रहरीले पक्राउ परेका भोला नेपालको साथबाट नगद ९ लाख ५० हजार तथा ६४ लाख ९९ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको चेक र एनएस ट्रेडका सञ्चालक समेत रहेका कमल अग्रवालको साथबाट नगद २ लाख र १४ लाख बराबरको विभिन्न बैंकको चेक बरामद गरेको छ ।

यस्तै, नारायण कुमार अग्रवालको साथबाट २ लाख २ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट कूल १३ लाख ५२ हजार नगद र ७९ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको चेकहरु बरामद गरिएको जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ४४ बजे

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य

सुनसरी घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा भएको हिंसात्मक झडपको विरोधमा हिन्दुवादीले काठमाडौंको माइती घरमा