ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय « Khabarhub

ऐन विपरीत खाद्य पदार्थ उत्पादन-बिक्री गर्ने बाँकेका दुई व्यवसायीलाई जरिवाना र सजाय


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुई वटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले जनाएको छ । 

जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको हो ।

त्यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगन्ज–२ स्थित गौरी मिनी मार्टका रामजी वैश्यलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिइन् ।

मार्टबाट बिक्री भइरहेको मास दालको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा दालमा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको प्रमाणित भएको थियो । 

दुवै मुद्दामा अदालतले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन, नमूना सङ्कलन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानको प्रमाण स्वीकार गर्दै फैसला गरेको हो । 

फैसलामा खाद्य व्यवसायीले उत्पादन र बिक्री गर्ने खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्नु कानुनी दायित्व भएको उल्लेख गरिएको छ ।  

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बर्दियाको गुलरियास्थित आनन्द ड्रिङकिङ वाटर उद्योगद्वारा उत्पादित प्रशोधित पिउने पानी तथा बाँसगढीस्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको वाइवाइसहित चार ब्रान्डका तयारी चाउचाउ बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको छ ।

त्यस कार्यालयले गत आर्थिक वर्षभरि ५४० स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कैफियतयुक्त ठहरिएका ६ लाख ३८ हजार ८६४ बराबरका खाद्य तथा दाना पदार्थ नष्ट गरिएको जनाइएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ३१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा