चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त | Khabarhub Khabarhub

चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ ।

साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई छनोट गरेको हो । त्यसैगरी बहराइनका लागि श्रम सहचारीमा दामोदार दाहाल र कतारका लागि अनुज गौतम छनोट भएका छन् ।

लामो समयसम्म श्रम काउन्सेल र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारलाई सहजीकरणमा समस्या हुँदै आएको थियो ।

श्रम मन्त्रालयले श्रम काउन्सिलर र सहचारी छनोटका लागि २०७४ माघ २५ र २०७६ पुस २१ मा सूचना प्रकाशित गरेको थियो ।

काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्था बमोजिक काउन्सेलर तथा सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ५३ बजे

१९ प्रतिशतले बढ्यो आयात, आयात निर्यातमा सोयाबिन तेल अगाडि

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका

सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल

काठमाडौं- नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं– सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा

म्याग्दी– अपाङ्गता भएका व्यक्तिहरूले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

धरान– तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको