सभापतिविरुद्ध लड्नका लागि तयार रहन जिल्ला सभापतिलाई नेता पौडेलको आग्रह « Khabarhub

सभापतिविरुद्ध लड्नका लागि तयार रहन जिल्ला सभापतिलाई नेता पौडेलको आग्रह


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।

भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए ।

उनले सभापतिको पेलेरै जान खोज्ने प्रवृत्तिविरुद्ध लड्नुपर्ने बेला आएको हुँदा तयार रहन जिल्ला सभापतिहरुलाई आग्रह गरे ।

संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गराएका थिए ।

सभापति देउवाका एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो ।

भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्री प्रकाशमान सिंहलगायत पौडेल पक्षका नेताहरु सहभागी छन् ।

भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ०३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा