बढ्दैछ पुष्प व्यवसाय, प्रेम दिवसमा मात्रै डेढ करोडको कारोबार हुने अनुमान | Khabarhub Khabarhub

बढ्दैछ पुष्प व्यवसाय, प्रेम दिवसमा मात्रै डेढ करोडको कारोबार हुने अनुमान



काठमाडौं – प्रेम दिवस (प्रणय दिवस) फेब्रुअरी १४ आउन ८ दिन बाँकी छ । यसदिन प्रेमी जोडीहरुले एक–अर्कामा फूल, कार्ड र उपहार स्वरुप विभिन्न सामानहरु दिने चलन छ । प्रेम दिवसका दिन करोडौंको रुपैयाँको गुलाफको फूलको कारोवार समेत हुने गरेको छ ।

प्रेमको प्रतिकका रुपमा रातो गुलाफलाई लिइने भएकाले प्रेम दिवसमा सबैभन्दा धेरै रातो गुलाफकै माग हुन्छ । गुलाफ मार्फत प्रेमको भावना बुझाउन र एक–अर्कामा खुसी बाड्नकै लागि पनि यस दिन विश्वभरका प्रेमील जोडीहरुले आदानप्रदान गर्ने गर्छन् गुलाफ ।

नेपालमा भने मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि धाने पनि प्रेम दिवस लागि बाह्य मुलुकबाट मगाउनुपर्ने स्थिति छ ।

प्रेमी–प्रेमिकालाई लक्षित गर्दै प्रेम दिवसका लागि मागअनुसार गुलाफ आयात गर्न लागेको फ्लोरिकल्चर एशोसियशन नेपाल (फ्यान)ले जनाएको छ ।

यस वर्षको प्रेम दिवसका लागि एक करोड रुपैयाँको गुलाफ आयात हुने एशोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

गत वर्ष प्रणय दिवसका लागि डेढ करोड रुपैयाँको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयत गरिएको थियो । तर यो वर्ष ४० हजार ‘स्टिम’ घटेर १ लाख २० हजार स्टिम गुलाफ आयत हुने भएको छ ।

खासगरी ‘भ्यालेनटाइन डे’ (प्रणयदिवस) लाई युवापुस्ताले चाडको रुपमा मनाउने गरेका छन् । विगतका वर्षहरुको तुलनामा गुलाफको फूलको माग घट्दै गइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

‘पछिल्ला वर्षहरुमा युवाहरु अध्ययन र रोजगारीका क्रममा विदेशिने क्रम बढेर पनि होला यस वर्ष झनै फूलको मागमा कमी आएको छ’ श्रेष्ठले भने, ‘गत वर्ष २ लाख गुलाफको स्टिमको कारोवार भएको थियो यो वर्ष जम्मा डेढ लाखको मात्र माग छ ।’

डेढ करोडको कारोवार हुने अपेक्षा

यस वर्षको प्रेम दिवसका दिन करिब डेढ करोड रुपैयाँको कारोवार हुने एशोसियसनले जनाएको छ । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत खपत हुने श्रेष्ठले बताए । उपभोक्ताले ६० देखि सय रुपैयाँसम्ममा खरिद गर्न पाउनेछन् ।

गुलाफको मात्र डेढ करोडको आर्थिक कारोवार हुने अपेक्षा गरेको बताउँदै श्रेष्ठले भने, ‘एउटा गुलाफमा फूल मात्र हुँदैन त्यसलाई भ्यालिड बनाएर उपहार स्वरुप दिँदा डेढ सयसम्म पर्छ ।’

‘एक लाख २० हजार स्टिम गुलाफ बाहिरबाट आउँछ’ श्रेष्ठले खबरहबसँग भने, ‘३० हजार स्टिम गुलाफ चाँही आन्तरिक उत्पादनले धान्छ ।’

श्रेष्ठकाअनुसार अन्य समयका लागि गुलाफ नेपालकै उत्पादनले धान्ने भएपनि यस दिनका लागि आयत नै गर्नुपर्ने अवस्था छ । जाडो मौसममा गुलाफ नफुल्ने भएकाले १५ प्रतिशत मात्र उत्पादन हुने गरेकाले आयत गर्नुपर्ने परिस्थती रहेको उनको भनाइ छ ।

गिफ्ट शपलाई लाग्यो मायाको सिजन

प्रेम दिवसका दिनलाई लक्षित गर्दै धेरै गिफ्ट शपहरु कार्ड छाप्न थालिसकेका छन् । साना ठूला सपिङ मल, भाटभटेनी, गिफ्ट शपहरु युवालाई लक्षित गर्दै कार्ड तथा लभ आकारका गुडिया फोटो फ्रेम बनाउनतिर व्यस्त छन् ।

फूल तथा अन्य उपहारजन्य सामग्रीबाटै व्यापारीहरुले प्रणय दिवसका दिन लाखौं रकम कमाउने गरेका छन् । यस दिनका लागि २० दिनअघिबाटै गुलाफ ल्याउने र सजाउन शुरु गर्ने गरेको कमलादीस्थित फ्लवर्स जोनका सञ्चालक राजु लामाले बताए ।

‘प्रेम दिवसका लागि मात्र होइन अब माया गर्नेहरुका लागि सप्ताह नै शुरु हुँदैछ’ उनले भने, ‘फरक डे मा फरक उपहार लैजाने हुँदा सजाउन अलि चटारो छ ।’

नेपालमा पुष्प व्यवसाय

नेपालमा वि.स. २०११ सालबाट शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै फस्टाउँदै गइरहेको छ ।

पछिल्ला समय पुष्प व्यवसाय गर्नेहरुको संख्या वृद्धि हुँदै गइरहेको छ भने स्वदेशमा पनि व्यवसायीहरुले फूलहरु फुलाइरहेका छन् ।

फूलको माग आएमा आएको वृद्धि सँगै कास्की, चितवन, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ, मकवानपुर लगायत काठमाडौं उपत्यकामा समेत फूलको उत्पादन हुन थालेको छ ।

नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा पुष्प खेती सञ्चालन भइरहेको छ । यद्यपी फूलको आयत भने वर्षेनि बढेको छ ।

काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकलाई गुलाफको व्यवसायिक खेती गरिने जिल्लाका रुपमा लिइन्छ ।

विशेषगरी यी चार जिल्लामा गुलाफको उत्पादन हुने भएपनि अन्य जिल्लाहरुमा यसको खेती विस्तार हुने क्रममा रहेको उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : ०३ बजे

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि

महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा