आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली « Khabarhub

आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पूर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेकाे महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरेको छ।

देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार शुक्रबार राति देशका पश्चिमी भू-भाग लगायत मध्यका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशको पश्चिमी भू-भागका थोरै स्थान साथै मध्यका एक-दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेकाे महाशाखाले पूर्वानुमान गरेको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ५० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका