आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली « Khabarhub

आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पूर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेकाे महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरेको छ।

देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार शुक्रबार राति देशका पश्चिमी भू-भाग लगायत मध्यका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

देशको पश्चिमी भू-भागका थोरै स्थान साथै मध्यका एक-दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेकाे महाशाखाले पूर्वानुमान गरेको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ५० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला