आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६ जुलाई २५ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ । स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बोलीका कारण राम्रो काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। मनमा शान्ति मिल्नेछ। परिवारले भन्दा बाहिरको व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : मन प्रशन्न हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा रोजगारीको विकल्प प्राप्त हुनेछ। शिक्षा रस्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

सिंह :  ठुलो लगानी नगर्नु उचित हुन्छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्रा गरेमा सोचेको काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारमा मेलमिलाप बढ्नेछ। आम्दानी बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। उच्च तहका व्यक्तिको आर्शिवादले दैनिकी सहज बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले मिहिनेतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यका तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी भने बढ्नेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यको त्रास रहनेछ। परिवारको दोहोरो भूमिकाले तपाईंलाई दुःखी बनाउने छन्। धार्मिक यात्राले दिन सहज बन्नेछ।

मकर : दिन राम्रो छ। लगानीका क्षेत्र सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन राम्रो छ। तपाईंको बोलीले काम बन्ने दिन छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा आफ्नो समस्या बढ्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति नाश हुनेछ। साथीको दोहोरो चरित्रले दुःखी बनाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ४५ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको