चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध « Khabarhub

चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि तयारी तीब्र बनाए पनि उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुंगो नलाग्दा त्यहाँ रहेका नेपालीहरु उद्दारको प्रतिक्षामै छन् ।

उनीहरुलाई राख्ने सुरक्षित ठाउँको लागि सरकारले केही दिनदेखि विभिन्न सम्भावित ठाउँको अवलोकन गरिरहेको छ ।

सरकारले उनीहरुलाई ल्याएर काठमाडौंको भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने विषयमा समेत छलफल गरिसकेको छ । त्यहाँको वस्तुस्थिति र त्यहाँ राख्दा हुन सक्ने सुरक्षालाई मध्यनजर गरेरमा मात्र सो ठाउँमा चीनबाट ल्याइनेहरुलाई राख्ने बताइरहँदा भक्तपुरका स्थानीयले भने आक्रोश पोखेका छन् ।

कोरोना भाइरसको संक्रमणले चीन आक्रान्त बनिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न स्थानीयले माग गरेका हुन् ।

उनीहरुले बुधबार विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा र नारासहित स्थानीले नगरपालिका घेराउ  समेत गरेका थिए ।

उनीहरुले चीनबाट ल्याउन लागिएका नेपालीलाई बस्ती माझमा नभएर अन्यत्रै सुरक्षित स्थानमा राख्न ज्ञापन पत्र बुझाएका छन् । प्रदेश संसाद कृष्णलाल भडेलले चीनबाट ल्याउन लागेका नेपालीलाई मानव बस्ती माझको स्थान चयन गर्नु गलत हुने तर्क गरे ।

चीनबाट ल्याउन लागिएका १८० जना नेपालीलाई १४ दिन स्वास्थ निगरानीमा राखिने छ । उनीहरुलाई विमानस्थलमा पनि उच्च सुरक्षा चेकजाँच पछि मात्र तोकिएको स्थानमा लगिनेछ । चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि दुई वटा विमान समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय नाघिसकेको छ । दुई दर्जन भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको र २० हजार भन्दा बढी संक्रमित रहेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २२ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था