ए डिभिजन लिग : शीर्ष दुई टोली रेलिगेसन जोनका टीमसँग खेल्दै « Khabarhub

ए डिभिजन लिग : शीर्ष दुई टोली रेलिगेसन जोनका टीमसँग खेल्दै


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) देखि एघारौं चरणका खेल शुरु हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा जारी लिगमा आज शीर्ष स्थानका दुई क्लब त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबले रेलिगेसन क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेको मछिन्द्र रेलिगेसनका लागि तयार सरस्वतीसँग प्रतिस्पर्धा गर्दैछ ।

लिगमा कमजोर प्रदर्शन गरिरहेको सरस्वती पुछारमा छ । कमजोर सरस्वतीमाथि शानदार जित निकाल्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । मछिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ भने मछिन्द्र शीर्ष स्थानको आर्मीभन्दा एक अंकले मात्रै पछाडि छ ।

दिउँसो ३ बजे हुने आजको दोस्रो खेलमा विभागीय डर्बीमा आर्मी र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिगको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको आर्मी एपीएफलाई पराजित गर्दै उपाधि नजिक पुग्न चहान्छ । यो सिजनमा शुरुवाती चरणदेखि शीर्ष स्थानमा रहँदै आएको आर्मीका लागि उपाधि उचाल्न बाकीँ तीन वटै खेल जित्नु पर्नेछ ।

१० खेलबाट २३ अंक जोडेको आर्मी ५ अंकसहित पुछारबाट लिगको दोस्रो स्थानमा रहेको एपीएफलाई पराजित गर्दै शीर्ष स्थानमा यथावर रहने लक्ष्यमा रहेको छ ।

यदि आजको खेलमा आर्मी पराजित भए केही हदसम्म उसलाई लिगमा धक्का लाग्नेछ । एक अंकले पछि रहेको मछिन्द्रले सरस्वतीलाई पराजित गरे मछिन्द्र केही घण्टाका लागि भएपनि आर्मीलाई २ अंक पछि पार्नेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : १६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव