नेकपा जिल्ला नेता गिरी मृत्यु प्रकरणः शंकास्पद ४ जना पक्राउ  « Khabarhub

नेकपा जिल्ला नेता गिरी मृत्यु प्रकरणः शंकास्पद ४ जना पक्राउ 


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी राखिएको बताए ।

नयाँबानेश्वरको आलोकनगरमा गत मंगलबार राति उनको शंकास्पद मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका उनलाई उपचारका लागि सिभिल अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

५१ वर्षीय गिरी शरीरका विभिन्न अंग र छातिमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा भेटिएका थिए ।

उनी दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकार समेत थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला