सौता बनेकी आमाविरुद्ध मुद्दा हाल्ने तयारीमा छोरी « Khabarhub

सौता बनेकी आमाविरुद्ध मुद्दा हाल्ने तयारीमा छोरी


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करिब १५ बर्षअघि लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन् ।

उनले आफ्नो प्रेमीसंग विवाह गर्न पाएकी थिइन् । उनको खुसि यति हदसम्म थियो कि हनिमुनमा समेत उनले आमालाई साथै लगिन् । तर लारेनका लागी हनिमुनमा आमा लानु जिन्दगीको सबैभन्दा ठुलो भुल साबित भयो ।

खासमा नवविवाहित लारेनले आमालाई पनि आफु साथै हनीमुनमा लगेकि थिइन् । तर उनलाई आमा साथ लादा आफुलाई हुनसक्ने धोकाको बिषयमा अनुमान समेत थिएन । हनिमुनमा संगै गएकी लारेनकी आमा जुली र उनका पति पल व्हाइट एकआपसमा निकै बोलचाल र हसिमजाक गर्दथे ।

तर लारेनले यस बिषयलाई कहिल्यै गम्भिरतापुर्वक लिइनन् । तर तिनै आमाले आफ्नी छोरीलाई धोका दिदै उनका पति पलसंग पोइला गइन् ।

खासमा लारेन १९ बर्षकी हुदाँबाटै पल ब्हाइटसंग लिभिङ टुगेदरमा थिइन् । सन् २००४ मा यी दुईको एक सन्तान पनि भएको थियो । त्यसपछि दुबैले विवाह गर्ने सोच बनाए र विवाह गरे पनि ।

उनीहरुको विवाहमा लारेनकी आमा जुलीले करीब २४ लाख रुपैयाँ खर्च गरेकि थिइन् । तर विवाह भएको ८ हप्ता नबित्दै लारेनकी आमाले ज्वाइँ नै भगाइन् ।

लारेन पल आफ्नी आमा जुलीसंग रहदै आएको कुरा सुरुमा पत्याउनै सकिनन् । तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए । सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे । आफ्नी आमा र पूर्वपतिको विवाहमा लारेन पनि सामेल थिइन् ।

यो घटनाको १३ बर्ष बितिसकेको छ । हालसालै जुलीले चौथो सन्तानलाई जन्म दिएकी छन् । तर लारेन अझै आफ्नी आमाको कर्तुतबाट खुसि छैनन् । हालै उनले यस बिषयमा कानूनी सहायता माग्ने निर्णय गरेकी छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : १४ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को