थाहा पाउनुहोस् डकार आउने ८ कारण र ध्यानदिनुपर्ने उपाय | Khabarhub Khabarhub

थाहा पाउनुहोस् डकार आउने ८ कारण र ध्यानदिनुपर्ने उपाय


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले डकारलाई सभ्य मानदैनन् । शहर बजारमा हुनेहरु डकारलाई अशोभनिय मान्दछन् । तर खाना खाए पश्चात आउने डकार एक सामान्य जैविक क्रिया हो ।

यो पाचनप्रणलीसंग सम्बन्धित हुने गर्दछ । तर एकदुई पटक डकार आउनु सामान्य भएपनि बारम्बार डकार आएमा यो असामान्य हुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार विना कुनै कारण बारम्बार डकार आउनुमा पाचनभन्दा अन्य कारण हुने गर्दछ । डकार आउनुमा चिकित्सकहरु निम्न ८ कारण रहने बताउँछन् ।

यी हुन् डकार आउने ८ कारण
१. गलत खानपान वा अपच हुने खाना खानु डकार आउने कारण मध्ये मुख्य हो ।
२. तारेको वा भुटेको परिकार खादाँ शरीरमा असन्तुलन भई डकार आउने गर्दछ ।
३. अत्यधिक चिसो पेय पदार्थ वा सोडाजन्य पेय खाएमा पनि डकार आउने गर्दछ ।
४. फुलगोभी, गेडागुडी लगायतले पनि पेटमा ग्यास बनाउँने हुदाँ पनि डकार आउनसक्छ ।
५. लामो समयसम्मको कब्जियतको समस्या भएमा पनि डकार आउने गर्दछ ।
६. खाना राम्रोसित नपचेमा अपच भई पनि बारबार डकार आउँने गर्दछ ।
७. खाना खाँदा बिचमा कुरा गर्नेहरुमा पनि डकार आउने गर्दछ ।
८. अत्यधिक चुइगम चपाउने, बोतलबाट पानी पिउनेहरुमा पनि डकार आउने गर्दछ ।

डकारबाट राहत पाउन, खाना खादाँ बिचमा कुरा गर्नु हुदैन । साथै पानि पिउँदा बोतलबाट नपिई गिलासमा थापेर पिउनु पर्छ ।

चिसो पेयको कम मात्रामा प्रयोग गर्नुपर्दछ । सकेसम्म तारेको वा भुटेको परीकार खानु हुदैन । खानालाई मज्जाले चपाएर खाने बानि बसालेमा पनि डकार आउने समस्याबाट राहत मिल्दछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ५६ बजे

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल

बागमतीलगायत केही प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल

आईपिएल : मुम्बईलाई हराउँदै लखनउ तालिकाको तेस्रो स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा